बस दुर्घटना: २७ को मृत्यु, कैयौँ घाइते

लिमा, ५ असार । दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् । प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको […]

Continue Reading

विश्वरेकर्ड बनाउन ३५० फिट माथि बाइक उडाउँदा भयानक मृत्यु

काठमाडौं। अमेरिकाका चर्चित मोटरसाइकल स्टन्टम्यान एलेक्स हार्विलको मृत्यु भएको छ । मोटरसाइकलमा स्टन्ट गरेर निकै लोकप्रियता कमाएका एलेक्स ३५१ फिटको मोटरसाइकल जम्पको लागि अभ्यास गरिरहेका थिए । अभयासकै क्रममा उनको मृत्यु भएको हो । एलेक्स वाशिङटनमा चलिरहेको मोसेस लेक एयरशोमा थिए जहाँ उनी आफ्नो विश्वरेकर्ड जम्पभन्दा पहिले अभ्यास गरिरहेका थिए । त्यहाँ भएका कैयौं मानिसहरुले […]

Continue Reading

ब्रेकिङ : मलेसियामा थप दुई साता लकडाउन ।

काठमाण्डौ : मलेसियाले लक’डाउनको समय थप दुई साता बढाउने निर्णय गरेको छ । मलेसियाले जुन १५ देखि २८ सम्म लक’डाउनको समय लम्ब्या’उने निर्णय गरेको हो । मलेसियाले यसअघि जुन १४ सम्मको लागि लक’डाउनको समय तोकेको थियो । लक’डाउनको समय थप भएसंगै जुन १४ देखि थप दुई साता मलेसियामा लक’डाउन हुँदैछ । शुक्रबार मलेसियाका सिनियर मन्त्री […]

Continue Reading

घोर कलियुग : २ सन्तानकी भाउजु लिएर देवर भागे, प्रहरीमा पक्राउपछिको बयान सुन्दा दुनियाँ चकित

पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा घटना भारतको बिहार राज्यमा भएको छ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने […]

Continue Reading

चीनमा कम्यूनिजमको नयाँ धारको शुरुवात : ईसाई धर्मावलम्बीहरुलाई कडाई

वर्तमान चीनको राजनैतिक स्वरुपमा ईसाई धर्मलाई बन्देज लगाइन थालेको स्पष्ट देख्न सकिन्छ । सन् २०२० को डिसेम्बर महिनामा सेन्जेन शहरमा बाइबलको अडियो बेचिरहेका ४ जनालाई प्रशासनले पक्राउ गरि गोप्य ट्रायलमा राखेको थियो । सेन्जेनको घटनाले पनि चीनको नेतृत्वले ईसाई धर्मप्रति देखाएको बन्धनकारी नीतीलाई उजागर गरेको हो । यसरी आस्थाको आधारमा जबरजस्ती मानव अधिकारका आधारभूत कुराहरु […]

Continue Reading

बर्षाका कारण आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु १५ जनाको सकुशल उद्धार (केहि तस्विर सहित)

भारतको मुम्बईस्थित मलाड क्षेत्रमा एउटा आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ। घना बस्ती रहेको क्षेत्रमा गएराति एउटा घर अचानक भत्किँदा अरु ८ जना घाइते भएको भारतीय अधिकारीहरुले जनाएका छन्। दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको हो । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै […]

Continue Reading

१ महिनामै तोडियो एकैपटक ९ बच्चा जन्माएकी महिलाको रेकर्ड, अर्की महिलाले १० बच्चा जन्माइन्

एजेन्सी । दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। डेलीमेलका अनुसार पहिले नै जुम्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सिथोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रेटोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन। एकैपटक १० सन्तान जन्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। नवजात शिशुहरुको अवस्था […]

Continue Reading

अब ढुक्क हुने अवस्था छैन, फेरी बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो

काठमाण्डाै – बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड-१९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ । प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट […]

Continue Reading

इजरायलमा एक्कासी जमिन भास्सिएपछि कारहरु यसरी विलाए (हेर्नुहोस भिडियो )

इजरायलमा हालै एक्कासी एक क्षेत्रको जमिन भास्सिएको छ। जेरुसलेमको सारी जादेक मेडिकल सेन्टरको कार पार्क गर्ने स्थानमा ठूलो खाल्डो परेको बीबीसीले जनाएको छ। एक्कासी खाल्डो पर्दा त्यहाँ ३ कारहरु पुरिएको बताइएको छ। यस घ टनाको भिडिओ सार्वजनिक भएको छ जहाँ कारहरु खाल्डोमा विलाएको हामी देख्न सक्छौं। यो घ टनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। […]

Continue Reading

चट्याङले लागेर सोमबार साँझ एकैदिन २३ जनाको मृत्यु, धेरै घाईते

काठमाडौं । भारतमा सोमबार साँझ चट्याङले लागेर २३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगाल राज्यका तीन जिल्लामा तीव्र गतिको हावा र भारी वर्षासँगै परेको चट्याङले लागेर कम्तीमा २३ जनाको मृत्यु भएको हो।साथै धेरै व्यक्ति घाइते भएका छन्। सरकारी अधिकारीले यो जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो […]

Continue Reading