एक यस्तो इमानदार इन्जिनियर, जो उपचार खर्च नभएर अस्पतालमा छटपटाइरहेछ

समाचार

काठमाडौं । जिवनभर इमान्दारीताका साथ सरकारको काम गरेका एक जना इन्जिनियर अहिले उपचारको अभावममा अस्पतालमा छटपटिएका छन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व वरिष्ठ इन्जिनियर नियाज अहमद उपचारको अभावमा अस्पतालमा छन् । उनलाई ब्रेन ट्युमर भएको बताइएको छ ।

परिवारका सदस्यका अनुसार उनको उपचारमा आर्थिक अभाव छ । इन्जिनियर अहमदको काठमाडौमा घर पनि छैन । उनी डेरामा बस्दै आएका थिए । परिवारका सदस्यको यस्तो जानकारी पछि उनका सहकर्मीहरुले सामाजिक सञ्जाल मार्फत उपचार सहयोगका लागि आहवान गरेका छन् ।

पूर्व जलस्रोत सचिव डा। द्वारिकानाथ ढुंगेल, पूर्व ऊर्जा सचिव हरिराम कोइराला, एसोसियसन अफ इलेक्ट्रिकल इन्जिनियर्सका अध्यक्ष डिल्लीबहादुर शाक्य, उत्तरगंगा जलविद्युत् कम्पनीका पूर्व सीइओ शिवबालक गिरीलगायत प्राधिकरणका बहालवाला तथा पूर्व कर्मचारीहरुले उनको उपचारमा सहयोग गर्न सबैसंग अपिल गरेका छन् ।

इ कागजमा उल्लेख भएको समाचार अनुसार उनले कुलेखानी तेस्रो (१४ मेगावाट) मा मुख्य परामर्शदाताका रुपमा काम गरेका थिए । तर नेपालमा हरेक काममा घुस र अनियमितता हुने गरेको ठाउँमा उनी भने अछुतो थिए । त्यसैले उनले हस्तक्षेप गर्दा तत्कालीन आयोजना प्रमुख चिढिएका थिए । १७ प्रतिशत मात्र काम भएको कुलेखानीमा उनी सहभागी भएपछि ७४ प्रतिशत काम सकिएको छ ।

वाप्कोसले काम सुरु गरेकोमा झन्डै ६ वर्षपछि मात्र कुलेखानी तेस्रो हालसालै पूरा भएको हो। उनका सहकर्मी इन्जियिनरहरुका अनुसार अहमद निकै इमान्दार भएका कारण उनले काठमाडौमा घर समेत बनाउन सकेनन् ।

इकागजले उत्तरगंगाका पूर्व सीइओ को भनाई उल्लेख गर्दै लेखेको छ, ‘उहाँ सुरुङको इन्जिनियर हो, सुरुङ खन्ने काम यस्तो छ कि अलिकति चलखेल गर्‍यो भने पनि काठमाडौंमा एउटा भव्य महल ठड्याउन सकिन्छ, तर अहमदले कहिल्यै त्यस्तो गर्नुभएन, अहिले उपचारका लागि समेत उहाँसँग पैसा भएन ।’

उनले कुलेखानी दोस्रो मा काम सुरु गरेपछि सरकारले राम्राृ काम गरेको मुल्याकंन गर्दै गोरखा दक्षिण बाहु प्रदान गरेको थियो । तर अहिले इमान्दार भएर जिवनभर सरकारको सेवा गरेका उनी इन्जिनियर उपचार नपाएर अस्पतालमा छटपटाउनु परेको देखेर उनका सहकर्मीहरु पनि दुखी भएका छन् ।

नियाज प्राधिकरणको १० तहमा कार्यरत रहेकै बेला क्यानाडाको एउटा हाइड्रोपावर कम्पनीले मासिक १५ हजार अमेरिकी डलर तलब दिएर उतै बोलाएका थिए, तर उनी गएनन् । उनले जे जस्तो भए पनि नेपालमै सेवा गरेर बस्ने जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *