बधाई छ शेरधन राई र ज्याङ्मु शेर्पा, नयाँ बैवाहिक जीवनका लागि

मनोरञ्जन

प्रदेश–१ का मुखयमन्त्री शेरधन राईको बिहे आइतबार भएको छ । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गरेका हुन् ।मुख्यमन्त्री राईले ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिएका छन् । यो नक्सालस्थित प्रहरी मुख्यालय पछाडि पर्छ ।

५० बर्षका राई अबिवाहित थिए । उनले २३ बर्षिया मोडेलसँग बिहे गरेका हुन् । उनीहरुको तीन बर्ष यता प्रेम रहेको समाचारहरु आएका छन् ।उनकी दुलहीले त आफ्नो हनिमुन योजना समेत एक अन्तरवार्ताका क्रममा बताएकी छिन् । तर त्यस बखत उनले आफ्ना प्रेमीका रुपमा शेरधन राईलाई चिनाएकी थिइनन् ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञहरुलाई मात्र निमन्त्रणा गरिएको थियो ।विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको थियो ।केही दिन यता मुख्यमन्त्री विवाह समारोहको तयारी गर्नका लागि काठमाडौं मै थिए । राईको विवाहलाई चासोको रुपमा हेरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *