चर्चित गायक तथा मोडेल दुर्गेस थापा बाबु बने, सबैलाई स्रपाइज दिँदै ‘यो सुनौले संसारमा तिमीलाई स्वागत छ’ भनेर लेखेपछी

मनोरञ्जन

काठमाण्डौ । चर्चित गायक तथा मोडेल दुर्गेस थापा बाबु बनेका छन् । दुर्गेसलाई उनको सुन्दर सन्तान दिएर प्राची लामाले बाबु बनाएकी हुन् । दुर्गेसले यो खुशी सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुसंग साँटेका छन् । उनले आफ्नो पहिलो सन्तानलाई समातेको फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफ्ना फ्यानहरुसंग त्यो सुन्दर पलको खुशी साँटेका छन् ।

बच्चालाई समाटेर खिचिएको उक्त तस्वीरमा दुर्गेस निकै नै माायालु देखिएका छन् । दुर्गेसले ‘यो सुनौले संसारमा तिमीलाई स्वागत छ’ भनेर आफु र आफ्नो सन्तानको फोटोलाई शेयर गरेका छन् । उक्त तस्वीरमा दुर्गेस र उनको न्यू बेबी निकै नै प्यारा देखिएका छन् ।

उक्त तस्वीरमा दुर्गेसले कालो रंगको टिर्सट लगाएका छन् भने उनको न्यू बेबीलाई नीलो रंगको बेबी ब्लांकेटले बेरीएको तस्वीर शेयर गरेका छन् । दुर्गेसले उक्त तस्वीर शेयर गरेपछि भने उनका फ्यानहरुले उनलाई धेरै धेरै बधाई तथा शुभकामना दिएका छन् । एउटा फ्यानले त उनलाई बाबु बनेकोमा बधाई तथा शुभकामना दिंदै सतबुद्धि पनि आएकोहोस् भनेर सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *