आज घट्यो की बढ्यो सुनको भाउ, हेर्नुहोस् कति छ तोलाको ?

समाचार

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षयता उताबचढाप रहेको सुनको भाउ आज भने स्थिर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *