कोरोना दिल्लीमा हाहाकार, घाटमा ठाउँ छैन, पार्कमा हुनेछ अन्तिम संस्कार

समाचार

भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको आतंक जारी छ । दैनिक संक्रमणको दरमा नयाँ रेकर्ड कायम भइरहेका छन् भने सयौं मानिसहरुको कोरोनाका कारण मृत्यु भइरहेको छ । स्थिति यस्तो भइसकेको छ कि घाटमा शव जलाउनका लागि लामो लाइन लागिरहेको छ ।

दिल्लीको सराय काले खांमा स्थिति यस्तो भइसकेको छ कि दाहसंस्कारका लागि पार्कमा व्यवस्था मिलाइँदैछ । दिल्लीको सराय काले खांमा घाट नभएको होइन । घाट त छन् तर दैनिक यति धेरैको मृत्यु भइरहेको छ कि सबैको घाटमा नै अन्तिम संस्कार गर्न असम्भव भइरहेको छ ।

सराय काले खांको हराभरा पार्कमा जहाँ मानिसहरु टहल्न जान्थे त्यहाँ मानिसहरुको चितालाई अग्नी दिने व्यवस्था मिलाइएको छ । सराय काले खां पार्कमा शव जलाउनका लागि नयाँ प्लेटफर्म तयार गरिँदैछ । हाल यहाँ २० प्लेटफर्म तयार गरिँदै छ ।

जबकी पार्कको अर्को हिस्सामा ५० प्लेटफर्म तयार गरिँदैछ । प्लेटफर्म तयार गर्ने ठेकेदारका अनुसार शव यति धेरै आइरहेका छन् कि घाट नै सानो भएको छ । ठेकेदारका अनुसार शव जलाउनका लागि ठाउँका साथै दाउराको पनि हाहाकार मच्चिएको छ । स्थिति निकै नाजुक भएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *