काठमाडौको कोरोना विरुद्धको खोप केन्द्रमा बवाल, एक जना घाइते एक जना पक्राउ

समाचार

काठमाडौ । काठमाडौंको सिनामंगलमा कोरोना विरुद्धको खोप केन्द्रमा बवाल भएको छ । अत्याधिक भिडकाबीच खोप लगाउन पुगेकाहरु कु टा कु ट गरेका हुन् । खोप लगाउने क्रममा झ ग डा हुँदा एक जना घाइते भएका छन्।

सोमवार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप लगाउ पुगेकाहरुबीच विवाद भएको हो । विवाद भर्कदै गएपछि हात हालाहाल भएको थियो । सो क्रममा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।नियन्त्रणमा लिएका मानिसलाई महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

ुखोप लगाउने क्रममा झ ग डा भएको हो। एक जनाले आफुलाई चो ट लागेको भनेर जानकारी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ, महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी जितेन्द्र बस्नेतले भने।

सरकारले अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा कोभिड १९ बिरुद्धको खोप दिन लागेको छ । कोरोना फैलिने दर बढ्दै जाँदा खोप लगाउने मानिसको सङ्ख्या पनि बढेर गएको छ। अहिले एउटा खोप केन्द्रमा १ हजारदेखि २५ सयसम्म मानिस लाइनमा बसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *