कोरोना महामारीमा विद्यालय सञ्चालन गर्ने ११ जना सञ्चालक पक्राउ

समाचार

काठमाडौं । कोरोना महामारीको समयमा पनि विद्यार्थीको स्वास्थ्य जोखिममा पारेर विद्यालय सञ्चालन गर्ने सञ्चालक र प्रिन्सिपल पक्राउ परेका छन् ।

कोरोना फैलिएपछि सरकारले २५ देशभरकै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । भिडभाड हुने क्षेत्रमा विद्यालय पर्ने भएकाले र शिक्षक र विद्यार्थी समेत कोरोना संक्रमित बढ्न थालेपछि बन्द गर्ने निर्णय गरेको छ।

तर, सरकारको निर्णय अवज्ञा गरेर विद्यालय संचालन गरेको भन्दै प्रहरीले विद्यालयका संचालकलाई पक्राउ गरेको छ।

सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय संचालन गरी पठनपाठन गराउदै गरेको भेटिएपछि प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख समेतको टोलीले अनुगमन गरेको थियो। सरकारी निर्णयको अवज्ञा गरेको ठहर्‍याउँदै उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लक्ष्मी इङ्लिस बोडिङ स्कुलका संचालक राजेश कुमार यादव, वैधनाथ कुमार झा, ह्यापी ल्याण्ड मा।वि।का संचालक शैलेन्द्र कुमार ठाकुर लगायत ११ जनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *