आज शेरधनको बिवाह, आजै शेरधन र जाङ्मुलाई मुद्या हाल्छु भन्दै आ’क्रोश पोख्दै आइन यी महिला (भिडियो)

मनोरञ्जन

काठमाण्डौ । आफुलाई विगत केही वर्ष अघिदेखि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले

प्रेम गरेको बाहानामा खुलेआम करणी गरेको भन्दै आफु नै शेरधनको श्रीमती हुँ भन्ने बालिका खड्काले आज जाङ्मुसंग विबाह बन्धनमा बाँधिन लागेका मुख्यमन्त्री राईलाई फेरी अर्को मुद्या हाल्ने तयारीमा लागेकी छन् । उनले शेरधनसंगको सम्बन्धमा अदालत विचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने उनको भनाई छ ।

शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफुलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छेदको कुनै कागज पत्र नदिएको हुँदा आफु नै शेरधनको श्रीमती रुपमा रहेको उनको भनाई छ ।

बालिकाले शेरधनलाई मात्र नभई उनीसंग विबाह गर्न लागेकी जाङ्मुलाई पनि बहुविबाहको मुद्या हाल्ने बताएकी छन् । उनले शेरधनको यो विबाहलाई दोश्रो विबाह हुन लागेको पनि बताएकी छन् । बालिकाको भनाई अनुसार शेरधनले उनीसंग सम्बन्ध विच्छेद नगरीकन अरुसंग बिहे गर्न पाउँदैनन् ।

बालिकाको भनाईमा शेरधनले यो विबाह बाल विबाह हो । यस विषयमा बालिका भन्छिन्,‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् रे ।

तर शेरधन त ५६ वर्षका छन् । एउटी नातिनीका उमेर बराबरको नाबालीकासंग विबाह गर्दैछ शेरधनले भन्ने सुनेको हुनाले मेरो हिसाबमा यो विबाह बालविबाह हो । र यस्मा पनि उनलाई मुद्या लाग्न सक्छ ।’ बालिकाले जाङ्मुलाई छा’डा संस्कृतीबाट आएकी केटी भनेर पनि सम्बोधन गरेकी छन् ।

प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् ।

मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ ।

भिडियोसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *