काठमाडौँ उपत्यकामा लकडाउन गर्न सिफारिस, आजै निर्णय हुन सक्ने !

समाचार

काठमाडौँ उपत्यकामा लकडाउन गर्न सिफारिस, आजै निर्णय हुन सक्ने !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ लकडाउन गर्न सुझाव दिएको छ । कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सा’वधानी बारे लापरबाही बढेको भन्दै सीसीएमसीले सरकारलाई काठमाडौं उपत्यकामा लकडाउन गर्ने सुझाएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जाने ख’तरा बढेको भन्दै मन्त्रालयले कम्तिमा चार हप्ता लकडाउन गर्न सुझाव दिएको बताइएको छ ।कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आएको यो सुझावबारे आज दिउँसो ४ बजे सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरुले प्रधानमन्त्रीलाई पछिल्लो ब्रिफिङ गर्ने छन् ।

नेपालमा संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको र भारतमा अवस्था भ’यावह भईसकेकाले काठमाडौं उपत्यकामा लकडाउन गर्न सीसीएमसीमा सुझाव पठाईएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।यातायातका साधन पनि चल्न रो’क लगाउनु पर्नेबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने सीसीएमसीले तयारी गरेको छ । प्रधानमन्त्रीले ब्रिफिङ सुनेपछि आवश्यक निर्णय लिने सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *