कोरोना संक्रमण बढेपछि आजदेखि पशुपतिनाथ मन्दिर बन्द

समाचार

काठमाडौँ – नयाँ भेरियन्टसहितको कोरोनाभाइस बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने छ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जान थालेपछि रोकथाम तथा नियन्त्रणका लागि मन्दिर बन्द गरिएको कोषलेसूचनामा जनाएको छ ।

सूचना नुसार पशुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *