उपत्यकाका यि दुई नगरपालिका कोरोनाको हटस्पट

समाचार

काठमाडौ । भारतसंग सिमा जोडिएका मात्र होइन काठमाडौ उपत्यकाका शहर पनि कोरोनाको हट स्पट बनेका छन् । भक्तपुरका चार नगरपालिकामध्ये दुई नगर हटस्पट बन्ने खतरा बनेका छन्। मध्यपुर थिमि र सूर्यविनायक नपा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । यि नगरपालिका हटस्पट भन्ने दिशातिर अघि बढेका हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरकाअनुसार पछिल्लो समय मध्यपुर थिमि र सूर्यविनायक नपाका कोरोना भाइरस संक्रमितहरुको संख्या निरन्तर बढिरहेको छ।

बिहीबार भक्तपुरमा एकैदिन ८० जना कोरोना भाइरस संक्रमित थपिँदा मध्यपुर थिमिका २२ र सूर्यविनायक नपाका ३७ जना थिए। त्यस्तै बुधबार ८६ जनामा कोरोना पुष्टि हुँदा मध्यपुर थिमिका २३ र सूर्यविनायक नपाका २८ जना रहेका थिए।

भक्तपुरमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४ सय पुगेको छ। जसअनुसार मध्यपुर थिमि नपाका मात्रै एकसय ६१ जना रहेका छन्। सूर्यविनायक नपामा भने संक्रमित संक्रमित एकसय ३७ जना पुगेका छन्। त्यस्तै भक्तपुर नपामा ४८ र चाँगुनारायण नपामा ४५ जना सक्रिय संक्रमित रहेका छन्। भक्तपुरमा संक्रमितको संख्या १० हजार एक सय ४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *