शिल्पा पोखरेलको ‘ज्यान लाई भो खतरा’ (भिडियो हेर्नुस्)

समाचार

नायीका शिल्पा पोखरेल अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् । उनी आफ्ना पति छवि ओझासंगको सम्बन्ध विच्छेदको मु द्दा का विषयमा चर्चामा रहेकी हुन् । टेलिभिजन कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले उनका बारेमा कार्यक्रम निर्माण गरेपछि शिल्पाले त्यसको प्रतिकृया जनाएकी छन् । आफ्नो बारेमा कपोकल्पित कुरा प्रशारण गरेको भन्दै उनले प्रकाश सुवेदीको कार्यक्रम रजतपट एपी वान टेलिभिजनवाट बन्द गराइदिएकी छन् ।

टेलिभिजनवाट कार्यक्रम बन्द भएपछि प्रकाशले युट्युव मार्फत कार्यक्रम सञ्चालन थालेका छन् । छविका कारण फिल्ममा अवसर पाउन छोडेको बताएकी शिल्पाको शुक्रवार एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ज्यानलाई भो खतरा बोलको गीतमा उनको अभिनय देख्न सकिन्छ । रविन्द्र रिमालसंग उनको जोडी निकै जमेको देखिएको छ । अञ्जु पन्त र विक्रमजंग शाहको श्वरमा रहेको गीत सवस्त इन्टरट्रेन्मेण्टले सार्वजनिक गरेको छ । मार्फामा छायाँकन गरिएको म्युजिक भिडियोको निकै राम्रो सिन देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *