शनिवार र आइतवार पनि सचेत हुन आग्रह, यि स्थानमा हुनेछन् वर्षा, असिना र हावाहुरी

समाचार

काठमाडौं । शनिबार पनि यस अघिका दुई दिन जस्तै मौसम हुने देखिएको छ । शनिवार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । हावाहुरी र भट्यागं पनि पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ । विहिवार र शुक्रवार पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी, वर्षा र चट्यागं पनि परेको थियो । असिनाले वालिनाली नोक्सान गराएको छ ।

यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । यद्यपि दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ । लामो समय देखि वर्षा नभएका कारण काठमाडौ लगायत मुलुकका मुख्य शहरहरु प्रदुषणले ढाकेको छ । वर्षा र असिना पछि काठमाडौको वातावरण केही सफा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *