भारतवाट फर्किएर सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

समाचार

काठमाडौ । कोरोनाको दोस्रो लहर नेपालमा पनि सुरु भएको छ । कोरोना संक्रमितको मृत्यु भएका समाचार फेरी आउन थालेका छन । केही समय शान्त रहेको नेपाल फेरी कोरोनाको दोस्रो लहर सुरु हुन थालेपछि थप सतर्कता अपनाउन सरकराले तयारी थालेको छ । दिनहुँ संक्रमितको संख्या बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार ती संक्रमितमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएको भोलीपल्टै उनको निधन भएको हो । उनलाई राती ८ वजे अस्पताल भर्ना गरिएको हो । राती भर्ना भएका ति पुरुषको अवस्था चिन्ताजनक भएकाले भेन्टिलेटरमै राखेर उपचार थालिएको थियो । तर उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

‘शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरेको पनि अस्पतालको भनाई छ । कोरोना संक्रमितको प्रोटोकल अनुसार उनको अन्त्यष्टि गरिने बताइएको छ । उनका अनुसार मृतक संक्रमितमा कडा खाले निमोनिया देखिएको थियो। श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी फागुन पहिलो साता भारतबाट नेपाल फर्किएको खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *