‘नासामा बाघ पालेको छु’ भनेर टिकटकमा भाईरल भएका नवराज काफ्ले मिडियामा । नासामा रेलको टायरमा हावा हाल्ने काम गर्छु भनेर भाईरल (भिडियो हेर्नुस)

समाचार

टिकटकमा यतिबेला भाईरल नाम हो, नवराज काफ्ले । चितवनका नवराज काफ्लेलाई सानैदेखि कलाकारितामा रुचि थियो । गाउँमा बिहे, रत्यौली हुनै नहुने उनी कुदेर नाच्न पुग्थे । बिभिन्न सामाजिक कामहरुमा साथीहरुसँग हातेमालो गर्दथे र आफ्नो कला देखाएर सहयोग जुटाउने पनि गर्दथे । जब टिकटक नेपालमा मौलायो, नवराजले आफु टिकटकका लागि बनेको हुँ भनेर सोचेका थिएनन्, जब केहि साथीहरुले उनलाई टिकटकबाट आफ्नो कला देखाउन सुझाए तब उनी तम्सिए । उनीसँग मान्छे हसाउने कला धेरै थिए तर उनले अरु भन्दा फरक पाटो रोजे ।

नवराज यतिबेला गफाडीको रुपमा परिचित छन् । उनका गफहरु सुनेर पत्याउनै गाह्रा हुन्छन् तर उनी त्यसका माध्यमबाट मान्छेहरु हसाउन खप्पिस छन् । नासामा नेपालीहरुलाई लैजाने र त्यहाँ बाघलाई कुडो खुवाउने काम दिने, रेलको टायमा हावा हाल्ने काम दिने लगायतका हावा कुराहरु गरेर उनी दर्शकहरु सजिलै हसाउन सक्छन् । यति मात्रै हैन, उनको कमेडी डान्स, मुखले मादल बजाउने कला पनि बेजोडको छ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *