नेपालकाे पोखरामा २२ बर्षिया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा (हेर्नुहाेस्)

समाचार

नेपालकाे पोखरामा २२ बर्षिया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा (हेर्नुहाेस्) । पोखराको मनिपाल शिक्षण अस्पतालमा १ महिलाले तिम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ बिरौटाकी २२ वर्षीया सपना भण्डारीले केही महिना अगि ३ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ ।

७ महिनाकी गर्भवती रहेकी उनले श“ल्यचिकित्साको माध्यमबाट २ छोरा र १ छोरीलाई जन्म दिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सूर्या चौधरीले जानकारी दिइन् । भण्डारीले पहिलो बच्चाको रुपमा १.३ केजी तौल भएकी छोरी, दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौल भएका छोरालाई जन्म दिएकी हुन्।

नको श“ल्यक्रियामा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायत सहभागी थिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको डा। पाण्डेले बताए।

‘आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । अहिले शिशुलाई एनआइसियुमा राखिएको छ,’ डा. पाण्डेले भने। यसअघि गत माघ २ गते स्याङ्जाको पुतलीबजार–१ घर भएकी सुनिता प्रधानले एकैपटक ४ शिशुलाई जन्म दिएकी थिइन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *