३५ सय पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि

समाचार

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३२ पीसीआर परिक्षण गर्दा नेपालमा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको छ । पछिल्लो २४ घण्टामा १५१ जना निको भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ८८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ८४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख ९ हजार ७७६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *