धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दु’र्घटना

समाचार

धनगढी: धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटनामा परेको छ।
शुक्रबार बिहान ११ बजेको समयमा ना७ख २५७५ नम्बरको बस जिल्लाको शिखर नगरपालिका–६ को अण्यौल भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

३४ जना यात्रु सवार रहेको बस दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
उनीहरुको डोटीस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले बताए।

काठमाडौं। खोटाङ घर भएकी प्रहरी जवान बोना ढकाल जिल्ला ट्राफिक प्रहरी कार्यालय इलाम मातहत रहेर काम गर्ने गरी इटहरीबाट इलाम सरुवा भएकी थिइन् ।२०६३ चैत २० मा प्रहरी सेवामा प्रवेश गरेकी ढकालको इलाम बजारमा ड्युटी थियो । बजारमा सवारी व्यवस्थापनका लागि सिट्ठी फुक्दै थिइन् । नयाँ–नयाँ भएकाले उत्साह पनि थियो ।सोही समयमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखाना मातहत काम गर्ने विराटनगर पोखरियाका ट्राफिक प्रहरी हबल्दार अजित राउत पनि सरुवा भएर इलाम गए ।अजित इलाम पुग्दैगर्दा बोना सडकमा ड्युटीमै थिइन् ।​ पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

अजितले बोनालाई पहिलोपटक सडकमै देखे ।देख्नेबित्तिकै उनलाई बोना मन परेको रहेछ, तर लजालु स्वभावका अजितले बोल्ने हिम्मत भने गरेनन् ।संयोगवश बोनाका बहिनीहरूसँग अजितको चिनजान रहेछ । उनले बहिनीहरूको माध्यमबाट नजिकिने योजना बनाए ।एकदिन अजितले बोनाकी बहिनीलाई घुम्न जाने अफर गरे ।

उनले सहमति पनि जनाइन्, त्यसपछि शर्त राखे– दिदीलाई पनि लिएर आउनुपर्छ ।उनको प्लानले काम गर्‍यो, तर दिनभरी घुम्दा बोलचाल भने भएन ।‘बहिनीसँग त चिनजान थियो तर उनीसँग कसरी बोल्ने भन्ने पत्तो थिएन, अलिकति डर लागेको थियो,’ प्रहरी हबल्दार अजितले लोकान्तरसँगको अन्तरंग कुराकानीमा भने, ‘इलाम घुम्न त गयौं तर दिनभरी बोलचाल नै भएन ।’यो समाचार को पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *