वर्षौँपछि दिलीप र निरूताको भेट, रसाए निरूताका आँखा (भिडियो)

मनोरञ्जन

काठमाडौँ । चलचित्र दर्पण छाँयाबाट लोकप्रियता कमाएको जोडी हो दिलीप रायमाझी र निरुता सिंहको जोडी । नेपाली चलचित्रको इतिहासमा सबैले सम्झने नाम दर्पण छाँयामा एकसाथ काम गरेर लोकप्रियता कमाएको यो जोडीलाई दर्शकले यसरी मन पराए की उनीहरूको जवनकै एउटा मोड थियो ।

नायिका निरुताले यो कुरा आफै स्वीकार गरेकी छन् । दर्पण छाँयावाट हाम्रो जीवनमा नयाँ मोड आयो । त्यो हाम्रो लाइफकै टर्निगं प्वाइन्ट थियो, उनले एक अन्तरवार्ताका क्रममा भनेकी छन्, हामी विभिन्न रूपमा परिचित भयौँ ।यसै क्रममा दिलीपले भने, तपाईँलाई नराम्रो देख्ने मान्छे अहिले सम्म भेटेको छैन । तर निरुताले भने दिलीपलाई भेटे भने अब गाली गर्छु भनेर आएको थिए ।

म गाली गर्छु । उनले दिलीपले आफूलाई मेन्टेन नगरेको देख्दा रिस उठेको बताएकी छन् ।त्यती राम्रो नाच्ने, कलाकारीता गर्ने मानिसले आफुलाई मेन्टेन नगरेको देखेर मलाई दुख लागेको छ, निरुताले यसो भन्दा दिलिपले रमाइलो पाराले भने म त खादा पनि लुकेर खानु परेको थियो । भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *