एकाबिहानै बाँकेबाट आयो दुखद खबर, एक सय १५ घर ध्वस्त, ४ जना घाइते

समाचार

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिका-४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा एक सय १५ घर जलेर ध्वस्त भएका छन् । शनिबार भएको आगलागीबाट गाउँका आधाभन्दा बढी घरमा क्षति पुगेको हो ।

घटनास्थल पुगेका बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार दिउँसो साढे ३ बजेतिर आगलागीमा परी ४ जना घाइते भएका छन् ।

घाइतेको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । क्षतिको एकिन विवरण अझैं संकलन भइसकेको छैन ।

आगलागीको सूचना पाउने बित्तिकै नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहान गरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी पाँच वटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुङबाङले जानकारी दिए ।

आगोलाई नियन्त्रणमा कठिनाइ भइरहेको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका र जिल्लाका अन्य निकायका दमकलको सहायतामा आगो नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् । आगलागीको कारण र क्षतिको विवरण संकलनको तयारीमा प्रहरी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *