बर्दिया पछि पर्सामा पनि बाघले मान्छे खायो! यस कारण खान्छ बाघले मान्छे

समाचार

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि खतरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि खतरापूर्ण बन्दै गएको हो ।

बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो ।

यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक बटुवा हराइरहेका छन् । उनलाई बाघले लगेको आशंक गरिएको छ ।

पछिल्लो अपडेट अनुसार प्रहरी, नेपाली सेना र निकुञ्जको टोली उक्त बटुवाको खोजीमा लागेको छ ।

एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज पथलैया सडकखण्डबाट बाघले लगेको जिल्ला प्रहरी कार्यालय बामा खबर पुगेको थियो । त्यसपछि प्रहरी सक्रिय भएको थियो ।

प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ८ बजे ती बटुवा पिसाब फेर्न पूर्व(पश्चिम राजमार्ग छेउको आधाभार जंगल छिरेका थिए ।

त्यसक्रममा उनलाई बाघले घि सा रे र लगेको भनी एक महिलाले प्रहरीलाई सूचना दिएकी थिइन् ।

‘गाडीबाट ओर्लिएपछि आफूले त्यस्तो दृश्य देखेको भनी महिलाले प्रहरीलाई खबर गरेको मिश्रले बताए ।

स्थानीयका अनुसार बाघले एक् पटक मानिसको खु न चाखेपछि उसलाई त्यो मन पर्छ र बाघले मान्छे खोज्दै हिड्छ ।

तर, बन्यजन्तुविज्ञहरु बाघलाई जंगलमा आहाराको कमी भएका कारण बाघ आहाराको खोजीमा बाहिर निस्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *