१० सेकेण्डको भिडियो क्लिप ८० करोडमा बिक्यो, आखिर के छ यो भिडियोमा त्यस्तो ? (भिडियो सहित)

रोचक

अमेरिकी डिजिटल आर्टिस्ट बिपलको एउटा जम्मा १० सेकेण्डकेा भिडियो क्लिप झण्डै ८० करोड रुपैयाँमा बिक्री भएको छ ।

त्यो भिडियो झ्वाट्ट हेर्दा त्यतिधेरै रकम पर्नुपर्ने कुनै कारण देखिँदैन । तर, भिडियो यतिधेरै चर्चित भयो कि अन्ततः करोडौँमा बिक्री हुने बहुमुल्य चिज बन्यो ।

गत अक्टोबरमा मियामीका एक कलाकृति संकलनकर्ता पाब्लो रोड्रिगेजले उक्त भिडियोलाई ६७ हजार डलरमा खरिद गरेका थिए । सोही भिडियो हाल उनले ६६ लाख डलरमा बिक्री गरेका हुन् ।

वास्तवमा डिजिटल आर्टिस्ट बिपलले बनाएको उक्त भिडियोको अथेन्टिकेसन ब्लाकचेनसँग छ । यस्तोमा जोसँग यसको ओरिजिल प्रति हुन्छ उसको डिजिटल सिग्नेचरबाटै त्यो खुल्दछ । यसलाई नन फंगेबल टोकन अर्थात् एनएफटी पनि भनिन्छ ।नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम जेरी नायिका आना शर्मासँग रहेको बताइन्छ । दुबैले प्रेम स्विकार गरेनन् । यसपछि विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने गरेका छैनन् ।


यसैविच पछिल्लो समय अनमोलको नाम एक मोडलसँग जोडिएको छ । केही म्यूजिक भिडियो विज्ञापन र छोटा चलचित्रमा काम गरेकी आज्ञा कारन्जितसँग अनमोलको नाम जोडिएको छ । उसो त अनमोलले पनि आज्ञालाई आफ्नो साथी मात्र भन्दै आएका छन् । आज्ञाले भने अनमोलसँगको विभिन्न तस्वीर पोष्ट गर्दै प्रेमको चर्चालाई थप बल पुर्याउने काम गरिरहेकी छिन् ।

अनमोलको जन्मदिनका दिनमा आज्ञाले विशेष मान्छेको विशेष दिन भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन् । उनले लेखेकी थिइन् तिम्रो ठूलो दिन जती विशेष छ त्यती नै विशेष तिमी मेरो लागि छौं अकु ।

अनमोललाई उनले अकु भन्दै सम्बोधन गरेको देखिन्छ । अनमोल र आज्ञा एकसाथ दार्जिलिङ समेत पुगेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो । यसले पनि उनीहरुविच प्रेममा रहेको चर्चालाई मलजल पुगेको छ ।

उसो त मिडियामा आज्ञाले अनमोलसँग पारस नामक चलचित्रमा काम गर्न लागेको चर्चा पनि चलेको थियो । निर्माता भूवन केसीले पारसका लागि नायिका छनोेट गरिसकेका छन् । पारसकी नायिकाको बारेमा विस्तृत जानकारी हामी केही दिनमै सार्वजनिक गर्नेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *