नेपाल बन्द आब्हान गरेको विप्लवले राख्यो जताततै ब’म, सुरक्षाकर्मीलाई सास्ती

समाचार

नेपालमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले नेपाल बन्दको आब्हान गरेको थियो । उसले गरेको नेपाल बन्द सर्वत्र अवज्ञा भएपनि जनमानसमा डर श्रृजना गर्न विप्लवले ब म भने जताततै राखेको पाइएको छ ।

विप्लवको एक योजना नेपाली सेनाले असफल बनाएको थियो । विप्लव समुहले काभ्रेपलाञ्चोकको बनेपामा एक ब म राखेको थियो ।

उक्त ब म नेपाली सेनाको एक टोलीले डिस्पोज गरेको थियो । विप्लव समुहले बनेपाका बुडोलस्थित सडकमा प्रेसर कुकर ब म राखेको थियो ।

हाल डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर खोजी कार्य सुरु गरेको थियो ।

यस्तै सिरहामा अर्को ब म भेटिएको छ । जिल्लाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसर कुकर ब म फेला परेको हो । बहान पुलमा शंकास्पद प्रेसर कुकर भेटिएको थियो ।

जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी सालिग्राम शर्माका अनुसार पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको थियो । विप्लव समूहले राखेको उक्त प्रेसर कुकर भित्रको बस्तु नेपाली सेनाको सहयोगमा डिस्पोज गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *