फेरी बाघले १ पुरुषलाई तानेर लग्याे, खोजी कार्यमा ४ हात्ती प्रयाेग

समाचार

बारा, १० माघ । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया-अमलेखगञ्ज सडक खण्डबाट शनिबार बिहान बाघले एक पुरुषलाई आ’क्र’म’ण गरि जङ्गल तर्फ लगेको आ’शं’का’मा खोजी सुरु भएको निकुञ्जले जनाएको छ ।

अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आ’शं’का’मा अहिले निकुञ्जले ४ वटा हात्तीको प्रयोग गरि खोजी शुरु गरेको निकुञ्जका प्रवक्ता रमेश यादबले जानकारी दिए ।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए। जंगल पसेको केही बेरमै ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले खबर गरेपछि घ’ट’ना’स्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

‘जंगलभित्रबाट ठुलो आवाज आएपछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको अवस्था छ,’ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *