गायिका शान्ती श्री परियारलाई पुत्री लाभ…

समाचार

लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनले आज बिहान छोरीको जन्म दिएकी हुन् ।

छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । परियारले केही अगाडी नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।

पुत्री लाभ भएपछि परियारलाई सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लागेको छ ।

शान्ति श्रि परियारको सांङ्गेतिक यात्रा:

रोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नको लागी त्यति सहज पनि छैन । आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आवाज दिइसकेकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।

यो क्षेत्रमै पहिलो पटक आफ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमिकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउँछिन् । आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *