रंगशालाको बिषयले लियो उग्ररुप धुर्मुस शुन्तलीलाई प्रहरीको फन्दामा समाजकल्याण तर्सियो ( पुरा भिडियो सहित )

समाचार

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला फोरस्ट्रिम्स कर्पोरेसनका संस्थापक जो मेर्री बर्कतले यो एप आफूलाई असाध्यै मन परेको र क्लब हाउस एप प्रयोग गर्नकै लागि आईफोन खरिद गरेको बताएका छन् ।

आखिरमा मानिसहरुलाई किन यति धेरै मन पर्‍यो त क्लब हाउस एप ?कोभिड १९ पछि बन्द भएका सार्वजनिक जमघट, लन्च पार्टी, अन्तरक्रियात्मक नेटवर्क तथा कार्यक्रम र सेमिनार सबैको अभावलाई यो एपले पुरा गरेको प्रयोगकर्ताहरु बताउँछन् ।

महामारीले सिर्जना गरेको शून्यतालाई क्लबहाउसले पुरा गरेको उनीहरुको अनुभव छ । साथै आफ्नो पहुँच पुुर्‍याउन नसक्ने व्यक्तिहरुलाई पनि प्रत्यक्षरुपमा सुन्न तथा भेट्न यो एपले प्लेटफर्म प्रदान गरेको प्रयोगकर्ताहरु बताउँछन् ।

दाहरणका लागि यसै प्लेटफर्ममा आयोजना भएको कृयटिभ एसियन कम्युनिटी रुफको कार्यक्रमलाई मोडरेट गरेका टिफानी वू एलन मस्क र कान्ये जस्ता विश्वविख्यात हस्तीहरुलाई एउटै प्लेटफर्ममा भेट्न पाएकोमा हर्षविभोर थिइन् ।

पोडकास्ट जस्तै यसको अडियोमा आधारित प्रकृतिले प्रयोगकर्तालाई स्क्रिनको अगाडि नअडिएरै छलफल अन्तरक्रियामा संलग्न हुने अनुमति दिन्छ । प्रयोगकर्ताहरु जुनसुकै काममा व्यस्त रहँदा पनि यसलाई सुन्दै छलफलमा सहभागी हुन सक्छन् ।

वास्तवमा क्लबहाउस आफ्नै प्रकारको पहिलो यस्तो अन्तरक्रियात्मक पोडकास्ट हो । सामान्य पोडकास्टमा तपाईंले आफ्नो विचार आफैंभित्र राखेर सुनिरहनु मात्र पर्छ ।

तर क्लबहाउसमा भने छलफलभित्र छिरेर त्यसलाई कस्तो बनाउने, वक्ता तथा स्रोताहरुलाई कुनै विषयवस्तु दिने हो कि तपाईंले यी सबै काम गर्ने अवसर पाउन सक्नुहुन्छ ।

साथै यसभित्र तपाईं विभिन्न विषयमा छलफल भइरहेको रुमदेखि अर्को रुममा जान सक्नुहुन्छ । नयाँ विषय र व्यक्तिहरुलाई फेला पार्न सक्नुहुन्छ ।

यसका सम्भावित खराब पक्ष क्लब हाउसको एउटा नराम्रो पक्ष साइनअपको प्रक्रियामा देख्न सकिन्छ । यसले तपाईंसँग तपाईंको कन्ट्याक्ट लिस्टमा एक्सेस माग्छ ।

ता कि तपाईं अन्य प्रयोगकर्ताहरुसँग एपमा जोडिन सक्नुहोस् ।तर यसमा क्लबहाउसले कन्ट्याक्ट डेटा प्रयोग गरेर आफ्नो प्लेटफर्मको सदस्य नै नबनेका व्यक्तिहरुको प्रोफाइल निर्माण गरिरहेको जस्तो देखिन्छ ।

यसमाथि युरोपेली सरकारहरुले देशको गोपनीयता नीति भंग गरेको भन्दै प्रश्न पनि उठाएका छन् ।

यो एपभित्र खुल्लारुपमा राजनीतिक छलफल हुन थालेपछि चीनले यो एपलाई नै बन्द गरिदिएको थियो ।

साथै क्लबहाउसको कम्युनिटी गाइडलाइनमा प्रयोगकर्ताहरुले एपभित्रबाट प्राप्त सूचनाको अनुवाद, रेकर्ड तथा शेयर गर्न नपाउने उल्लेख छ ।

क्लबहाउसले रुम लाइभ हुँदा रेकर्ड त गर्दछ । तर केही समयपछि नै त्यसलाई डिलिट पनि गरिदिन्छ ।

तर हालसम्म प्रयोगकर्ताहरुलाई ट्वीटर तथा अन्य सोसल साइटमा अडियो लिक गर्नबाट क्लबहाउसले रोक्न नसकेको प्रयोगकर्ताहरु बताउँछन्{

Leave a Reply

Your email address will not be published. Required fields are marked *