कतारका कुरा: शुक्रवार देखि लागु हुँदैछ ३३ बुँदे निर्देशन, सचेत रहन र जरिवानाबाट बच्न आग्रह

अन्तरास्ट्रिय

कतारले मार्च २६ (शुक्रवार) देखि लागु हुनेगरी कतारमा बस्नेहरुका लागि ३३ बुँदे निर्देशनहरु जारी गरेको छ । कतार स्थित नेपाली दूतावासले विज्ञप्ती जारी गर्दै ति विषयमा सचेत रहन नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले सरकारी तथा निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रकृया अवलम्वन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाइने जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यसैगरी अना’वश्यक रुपमा सामाजिक भेटघाट नगर्न र घरभित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाइने पनि दूतावासले स्पष्ट पारेको छ ।

कतार सरकारले जारी गरेको निर्देशनमा सार्वजनिक पार्क, समुद्री किनारा, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका दुईजना भन्दा बढी जान नपाइने पनि नियम लगाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

व्यापारिक भवनहरुमा हुने कृयाकलापलाई ३० प्रतिशत सिमिति गरिएको र १२ बर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई त्यस्ता स्थलमा जान ब’न्देज लगाईएको तथा कतारमा रहेका परम्परागत बजार र थोक बजारमा पनि यहि नियम लागु हुने भएको छ ।

सवारी साधन वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्किंदा सवारी साधनमा मास्क अनिवार्य लगाउनै पर्ने तर सवारी साधनमा एकजना मात्र भए मास्क नलगाएपनि हुने व्यवस्था गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

सवारी साधनमा चालक सहित ४ जना भन्दा बढी यात्रु यात्रा गर्न नपाइने नियम लगाइएको छ । घरबाट कुनै पनि कामका लागि बाहिर निस्किंदा चालु अवस्थामा रहेको एथराज एप हुनै पर्ने नियम कतार सरकारले लगाएको छ ।

यी प्राव’धानहरु सहित कतार सरकारले समय समयमा जारी गर्ने निर्देशनहरुको पूर्ण पालना गर्न र कोभिड १९ को संक्र’मणबाट आफू र समुदायलाई सुर’क्षित राख्न दूतावासले अनुरोध गरेको छ । कतारले ३३ बुँदे निर्देशन उल्लंघन गर्नेहरुलाई द’ण्ड ज’रिवाना गर्ने भएकाले त्यसबाट जो’गिन पनि दूतावासले सूचित गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *