सुनको मूल्य तोलामा ५०० रुपैयाँ घट्यो

आर्थिक

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ।

हिजो सोमाबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँमा र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामै ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँमा र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा झरेको छ। हिजो सोमबार तोलामा २० रुपैयाँ घटेको चाँदीको भाउ आइतबार भने ५ रुपैयाँले बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *