एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो

समाचार

एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा डढेलो लागेको छ । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले बिहीबारको डढेलो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए ।

गत वर्ष यही दिन एक ठाउँमा मात्र डढेलो लागेको थियो‘बिहीबार धेरैतिर डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै शर्माले भने,

‘यति डढेलो विगतमा कहिल्यै लागेको थिएन ।’मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ ।

यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि डढेलो लागेको हो राजधानी लगायतका ठाउँमा केही दिनदेखि जारी वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्री गोपाल श्रेष्ठका प्रेससल्लाहकार इश्वरराज ढकालका अनुसार शिक्षा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले चैत १७ गते मंगलबारदेखि २० गतेसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

ढकालका अनुसार विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका सबै शैक्षिक संस्थाहरु बन्द हुनेछन् । काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ ।

जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल–कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *