काठमाडौंको प्रदुषण खतरनाकः सवारीमा जोर बिजोर प्रणालीदेखि विद्यालय बन्द गर्ने तयारी

समाचार

काठमाडौं । केही दिन यता काठमाडौँलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरुको भनाइ छ ।

‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ ।’

विभागले बिहान र बेलुका झनै सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ । बिहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातावरणविद्हरुले सल्लाह दिएका छन् । विभागका अनुसार शनिबारको तुलनामा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ ।

सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ । प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधनमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।यात्रु बोकेर गुडिरहेको सवारी साधनमा बाघ जाइ लागे के होलारु त्यसमा सवार यात्रुको अवस्था झन के होलारु यस्तै घटना पर्सामा भएको छ । त्यहाँको वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शि का री बासमा गुडीरहेको अटो रिक्सामाथि बाघ जाई लागेको छ ।

उक्त अटो रिक्सा ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको थियो । ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७ः३० बजे बाघ जाई लागेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका छन् ।

‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आ क्र म ण गरेको रहेछ,’ साहले भने, ‘बाघ जाई लागेपछि अटो अ नि य न्त्रि त भई प ल्टि न पुगेको रहेछ ।’

तर राम्रो पक्ष अटोमा सवार यात्रुलाई बाघले केही गरेन । अटो र यात्रुलाई त्यस्तै अवस्थामा छोडेर बाघ भने भारतको जंगलतर्फ छिरेका कारण कुनै मानवीय क्षति भने हुन भने पाएन ।

दुर्घटनामा अटोरिक्साको अगाडिको भागको सि सा फु टे को, छत कु च्चि ए को प्रहरी निरीक्षक साहले जानकारी दिएका छन् । सोही क्रममा पूर्वतर्फबाट आइरहेको आफ्नो गस्ती टोलीले दुर्घटनामा परेका व्यक्तिहरुको उद्दार गरेको उनले बताए ।

स्थानीय अटो सञ्चालक समेत रहेका बुद्धिबहादुर गुरुङका अनुसार अटो दुर्घटना हुन पुग्दा अटोचालकलाई सामान्य चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *