राती सुत्नु अगाडी नुहाउँदा मिल्छन् यस्ता-यस्ता अचम्म लाग्ने फाइदा !

समाचार

काठमाडौँ । दिनभरि धेरै थकान भयो भने निन्द्रा राम्ररी लाग्छ भन्ने मान्यता रहेको छ । तर निन्द्रा आफै नहुन सक्छ । त्यसकारण राम्रो निन्द्रा बनाउनको लागि दैनिक व्यवहारमा परिवर्तन गर्न जरुरी रहेको हुन्छ । त्यसैले आज हामी तपाईहरुलाई राती सुत्नु भन्दा अगाडी गर्नुपर्ने केही महत्वपूर्ण कार्यको बारेमा बताउन गइरहेका छौँ ।

१.राती सुत्नु भन्खदा अगाडी नुहाएमा दिनभरिको थकानबाट ताजा महसुस हुने र राम्रो निन्द्रा लाग्छ । यद्यपी नुहाउनको लागि चिसो पानी चाहिन्छ । चिसो पानीले नुहाउँदा शरिरको तापमापन समेत ठीक रहन्छ ।

२. राती सुत्नु अगाडी नुहाउने गरेमा मटोपनको समस्या कम हुन्छ । सुत्नुअघि चिसो पानीले नुहाउने गरेमा क्यालोरी खपत हुने भएकाले तौल कम गर्न विशेष मद्दत पुग्छ ।

३.चिसो पानीले नुहाउँदा कपाल राम्रो हुनुको साथै छालामा पनि नयाँ चमक आउँछ । गालामा डन्डीफोर छन् भने पनि चिसो पानीले नुहाउने गर्दा यस्ता समस्या हटेर जान्छ ।

४.चिसो पानीले सुत्नुभन्दा अगाडी नुहाउँदा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । शरिरमा रक्तसञ्चार राम्रो हुन्छ । यद्यपी तातो पानीले नुहाउँदा माइग्रेनको समस्या हटेर जान्छ ।

५.चीसो पानीले नुहाउँदा अल्छीपना हट्नुको साथै मुड फ्रेस हुन्छ ।

६.तातोपानीले भरिएको टबमा दिनहुँ १५ मिनेट नुहाउँदा उच्च रक्तचापमा समेत कमी आउँछ ।

७.तातो पानीले नुहाउने गरेमा ब्लड सुगरको स्तर समेत कम हुन्छ । अमेरिकन डाइबिटिक एशोसियसनले देखाएको छ । यसो गर्दा राती राम्रो निन्द्रा लाग्छ।

८.राती सुत्नु भन्दा अगाडीको समयमा धुलो माटो र मैला सफा गर्नु पर्ने भएकाले दिनभरको फोहोरले समस्या आउने भएकाले छालासँग सम्बन्धित एलर्जी जस्ता समस्या आउन नदिन राती सुत्नु अगाडी नुहाउने पर्छ ।

९. राती सुत्नु भन्दा अगाडी नुहाउनु भन्दा पनि जरुरी त अनुहार धुनु रहेको छ किनकी अनुहार सफा गरिएन भने दिनभरिको फोहोरको कारण अनुहारमा विभिन्न किसिमका समस्याहरु आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *