बुहारी सुस्मितालाई सिलौटाले कि’चि’कि’ची मा-रे’को १ वर्ष पछी लाग्यो टुङ्गो सर्वाेच्चमै चल्यो रु’वा’बा’सी(भिडियो सहित)

समाचार

उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घटना निकै चर्चित घटना हो । विवाह भएको ६ महिनामै दुर्घटनामा सुस्मिताको श्रीमानको निधन भएको थियो । श्रीमानको निधन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मिताले पाउनुपर्ने देखिएपछि घरका सबै सदस्य मिलेर घटना गराएका थिए ।

सुस्मिता ज्यान लिएको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चोकको नाम सुस्मिता चोक राखिएको छ ।

विवाह गरेर पठाएकी छोरी एक वर्ष नहुँदै गुमाउनु परेपछि सुस्मिताको आमा बुवाले त्यो पी डा सहन सकेका छैनन् । विवाह भएको ६ महिनामै छोरी विधवा भएकी थिइन् त्यसको ६ महिना पछि नै छोरी पनि गुमाउनु परेको थियो । सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

सुस्मिताको माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सुस्मिताका परिवारका ४ जनालाई पक्राउ गरेको हो । सुस्मिताको असार २ गते ह’ ‘त्या भएको थियो। उनीहरूले छिमेकीलाई देहत्याग गरेको बताए पनि अनुसन्धानबाट ह’ ‘त्या गरेको देखिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको थियो।

सुस्मिताकी श्रीमान रूपेन्द्र थापाको असोज २३ गते नवलपरासीबाट हेटौंडा फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा उनले ज्यान गुमाएका थिए। त्यसपछि सासू-ससुराले आफ्ना छोरालाई बुहारीले खा’एको आरोप लगाएका थिए। त्यसकै बीचमा ससुरा प्रकाश थापाले सुस्मितामाकरणीको प्र’यास समेत गरेका थिए।

रूपेन्द्र सवारी दुर्घटनामा मृत्यु भएपछि क्षतिपूर्तिवापत पाएको पाँच लाख रुपैयाँ सुस्मिताले नभई सासू ससुराले पाउनुपर्ने भन्दै वि’वाद गरेका थिए। त्यस्तै रूपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेशनल नेपालबाट पाइने बिमा, बोनस, तलब भत्ताको बाँकी रकम ३८ लाख २८ हजार भुक्तानी लिने विषयमा हकवालाहरू बाबु प्रकाश थापा, आमा तुलसा कुमारी थापा र सुस्मिता क्षेत्री थापाबीच वि’वादका कारण उक्त रकम भुक्तानी हुन सकेको थिएन। रूपेन्द्रका नामबाट सुस्मितालाई आउने सबै रकम आफूलाई दिन परिवारले बारम्बार उनलाई द’बाब दिने गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *