संसद वैठकमा पसेर प्रहरीले सांसदलाई नै यसरी पछारे (भिडियो हेर्नुस्)

अन्तरास्ट्रिय समाचार

काठमाडौ । संसद वैठकमै पसेर भारतको बिहारको विधान सभामा विपक्षी दलका सांसदहरुलाई प्रहरीले पछारेको छ । सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा संसद भवन भित्र ववाल भएको हो ।

सो क्रममा सांसदलाई पछारीएको हो । प्रहरीले संसद बाहिर निकालेको भिडियो र तस्बिर सार्वजनिकक भएको छ । भारतीय मिडिया द हिन्दुले त्यसको भिडियो र तस्बिर सार्वजनिक गरेको छ ।

जनता दल युनाइटेडको सरकार रहेको बिहारमा नयाँ सशस्त्र प्रहरी विधेयकका कारण विवाद भएको हो। अधिकारीहरुका अनुसार नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिन्छ। त्यस्तो प्रस्तावको विरोध गरिएको हो ।

केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको विरोध गर्दै आएका थिए। सो क्रममा मंगलबार विरोध स्वरुप विपक्षी सांसदले संसदमा आन्दोलन गरेका थिए।

उनीहरुले सभामुखलाई चेम्बरमै घेराउ गरेर बसेका थिए। त्यसबेला प्रहरीलाई बोलाइएको थियो। सो क्रममा विपक्षी सांसदमाथि प्रहरी नै जाइलागेका थिए ।

केन्द्रिय सांसदमा विपक्षीहरुले यो घटनाको बारेमा जानकारी दिने तयारी थालेका छन्। सार्वजनिक भिडिओमा काँग्रेस सांसद सन्तोष मिश्रलाई प्रहरीले कु ट पि ट गर्दै संसदबाट बाहिर निकालेको देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *