पिठ्युमा बच्चा बोकी मध्यरातमा चिया बेच्ने सृस्‍टिले बाँच्नकै लागि यस्तो सम्म गर्छिन | सलाम छ चेलीलाई ( पुरा भिडियो सहित )।

समाचार

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला फोन गरेर पढ्न सकिने एनसेल अडियो क्लास, जहाँ पाइन्छ कक्षा ८ सम्मका सामग्री काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पछिल्लो समय विभन्नि सेवाहरु आफ्ना प्रयोगकर्ता माझ उपलब्ध गराउँदै आएको छ । यसै क्रममा कम्पनीले हालै ‘एनसेल अडियो क्लास’ सेवाको सुरुवात गरेको छ ।

इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आईभीआर) मा आधारित उक्त सेवामा कक्षा ८ सम्मका विभिन्न विषयको अध्ययन अडियो मार्फत गर्न सकिने छ । जसमा म्याथ, अंग्रेजी, साइन्स, सोसल स्टडी लगायतका विषयसँग सम्बन्धित सामग्री उपलब्ध छन् । ती विषयमा तपाईंले आफूलाई जान्न मन लागेको च्याप्टर छनौट गरी पढ्न सक्नुहुन्छ ।
यस्ता छन् प्याकेज

एनसेल अडियो क्लासका लागि कम्पनीका प्रयोगतर्काले १७१४४ डायल गरी सेवा लिनुपर्ने हुन्छ । कम्पनीका अनुसार यो सेवा विभिन्न प्याकेजमा उपलब्ध रहेको छ ।जसमा ३ दिन र ७ दिनका लागि एकपटक र अटो रिन्यु हुने गरी कुल चार ओटा प्याकेज उपलब्ध छन् । त्यसमध्ये ३ दिन र ७ दिनको एक पटकका लागि क्रमशः ७ रुपैयाँ र १४ रुपैयाँमा खरिद गर्न सकिन्छ ।त्यस्तै ३ दिन र ७ दिनमा अटो रिन्यु हुने प्याक पनि क्रमशः ७ र १४ रुपैयाँमा लिन सकिन्छ । यसको अर्थ रिन्यु हुँदा तपाईंले लिनु भएको सेवाको शुल्क पुनः तिर्नुपर्ने हुन्छ ।

यी अडियो क्लास ३ दिनका लागि ५० मिनेट र सात दिनका लागि १०० मिनेटमा उपलब्ध छन् । यसका साथै कम्पनीले एक दिनका लागि ७ रुपैयाँमा ५० मिनेटको आईभीआर क्लास पनि उपलब्ध गराएको छ ।आफूलाई आवश्यक प्याक खरिद गरी तपाईंले कक्षा १ देखि ८ सम्म कुनै पनि कक्षा छनौट गरी त्यसमा आफूले पढ्न चाहेको विषय भित्रको च्याप्टर रोजेर पढ्न सकिने कम्पनीले ज नाएको छ ।

कसरी लिने सेवा ?कम्पनीका अनुसार प्रयोगकर्ताले यो सेवा १७१४४ मा डायल गरी प्राप्त निर्देशनहरु पालन गरी यो सेवा लिन सक्छन् । त्यस्तै प्रयोगकर्ताले *17144# डायल गरी उपलब्ध प्याकेज छनौट गर्न सक्ने सुविधा समेत रहेको छ ।

यसका अलावा प्रयोगकर्ताले १७१४४ मा एसएमएस गरेर पनि यो प्याक सुरु गर्न सक्छन् । त्यसका लागि यदि तपाईं ३ दिनमा अटो रिन्यु हुने प्याक लिन चाहानुहुन्छ भने AC1 टाइप गरी १७१४४ मा एसएमएस गर्न सक्नुहुन्छ ।यदि ७ दिनमा अटो रिन्यु हुने प्याक लिन चाहानुहुन्छ भने AC2 टाइप गरी १७१४४ मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यस्तै ३ दिनका लागि मात्रै उक्त प्याक लिन AC3 टाइप गरी १७१४४ मा एसएमएस गर्न सकिन्छ ।७ दिनका लागि मात्रै सेवा लिन चाहनुहुन्छ भने AC4 टाइप गरी १७१४४ मा एसएमएस गर्न सक्नु हुनेछ । यदि तपाईंले लिएको सेवा सकिएको खण्डमा थप गर्न पनि सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *