ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु मृत्‍यु

समाचार

यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले किचेकेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पु¥याउन सही ठाने ।

तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन्

काठमाडौं । नेपाली चलचित्र जगतको सफल टिमका रुपमा मानिएको ‘छक्का पञ्जा’टिममा जितु नेपाल औपचारीक रुपमै वाहिरिएको देखिएको छ । हास्यटेलिश्रंखला हुँदै चलचित्र उद्योगमा प्रवेश गरेको टिम छक्का पञ्जा सबैभन्दा शक्तिशाली समुह मानिन्छ । त्यसको एक बलियो कलाकार जितु नेपाल पनि हुन् ।

हास्य क्षेत्रका चर्चित कलाकारहको यो समुहले उत्कृष्ट फिल्म बनाउदै आएको छ । यो टिममा कति कलाकार छुट्टिए भने कति नयाँ जोडिए । कलाकारहरु सिताराम कट्टेल र निर्मल शर्माले यो समुह धेरै अगाडी नै छाडिसकेका छन् ।

तर पछिल्लो समय सम्म जितु नेपाल पनि संगै थिए । त्यसैले जितुले संचालन गर्ने कार्यक्रम कमेडी शो मा पनि अध्यक्षको रुपमा दीपाश्री निरौला थिइन् । तर उनलाई दोस्रो सिजनमा निकालिएको छ ।

कलाकार तथा निर्देशक दिपाश्री निरौलाको आवाजमा रहेको ‘धनियाँ के होली’ गीतको भिडियोमा छक्का पञ्जाका सबै कलाकारहरुले अभिनय गरेका छन् । तर, जितु नेपाल भने देखिदैनन् । यसले पनि जितु नेपाल छक्का पञ्जाबाट अलग्गिएको सहजै अनुमान लगाउन सकिन्छ ।

जितु नेपालले विवादमा मुछिएँगै दीपालाई हटाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षमा नायिका करिश्मा मानन्धरलाई राखेका थिए । यद्धपी उनीहरुले यसवारेमा सार्वजनिक अभिब्यक्ति दिँदै सम्बन्ध नराम्रो छैन भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *