अस्ट्रेलियामा ५० वर्षयताकै ठुलो बा’ढी, सिड्नीबाट तीन हजार बढीको उ’द्धार

अन्तरास्ट्रिय

काठमाडौँ । अस्ट्रेलियामा पछिल्लो केही दिनयता जारी अविरल वर्षाका कारण मानिसहरूको ज’नजीवन प्रभावित बनेको छ । अस्ट्रेलियाको न्यु साथ वेल्स (ए’नएसडब्ल्यू)मा बाढीका कारण करिब १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चार माध्यमहरुले बताएका छन् ।

जसमध्ये राजधानी सिड्नीबाट तीन हजारभन्दा धेरैको उ’द्धार गरिएको छ ।निरन्तरको वर्षाका कारण न्यु साउथ वेल्सको सिड्नीलगायतका क्षेत्रमा नदी तथा ड्या’ममा पानीको ब’हाव उच्च देखिएको छ । अधिकारीहरूले यो बाढीलाई ५० वर्षमा एक पटक हुने घटना भएको बताएका छन् ।

यो साताभर वर्षा जारी रहन सक्ने भन्दै उनीहरूले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।प्रधानमन्त्री स्क’ट मौरिसनले विस्थापित भएका मानिसहरुलाई आवश्यक कोष उपलब्ध गराउने बताएका छन् । एनएसडब्ल्यूकी प्रिमियर ग्ला’डिज बे’रेजिक्लियनले बा’ढीको कारण धेरै स’मुदायहरु अहिले स’मस्यामा परेको बताएकी छिन् ।

अहिले बा’ढी प्रभावित मानिसको उ’द्धारका लागि पाँचसयभन्दा धेरै उद्धारकर्ताहरु ख’टिएका छन् ।त्यस्तै बाढीका कारण ए’नएसडब्ल्यूका दुई सयभन्दा धेरै विद्यालयहरु पनि ब’न्द भएका छन् । अस्ट्रेलियाको शिक्षा विभागले एक विज्ञप्ति जारी गर्दै दुईसयभन्दा धेरै विद्यालयहरु ब’न्द गर्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा आफ्ना बालबच्चालाई सुरक्षितरुपमा घरमा नै राख्न अग्रह गरिएको छ । शिक्षा विभागले विद्यार्थीका साथै शिक्षक र कर्मचारीको सु’रक्षा पनि आफ्नो प्राथमिकतामा रहेको बताएको छ । वर्षाका कारण ए’नएसडब्ल्यूको बस, रेल र आन्तरिक हवाई सेवा पनि प्रभावित भएको छ । एजेन्सीहरुको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *