यी दुई युवती सेल्फी लिन खोलामा पुगे, अचानक बाढी आएपछि जे भयो [भिडियोसहित]

समाचार

काठमाडौं । विश्वभर हर समय नयाँ र अनौठा घटनाहरु हुने गर्छन । यस्तै एक भिडियो अहिले बाहिर आएको छ । दुईजना युवती खोलाको बीचमा रहेको ढुङ्गामा सेल्फी खिच्ने गएर फसेको भिडियो भाइरल भएको छ । उनीहरु सेल्फी खिच्दै गर्दा अचानक बाढी आयो । यो घटना भारतको मध्यप्रदेशको पेन्च खोलामा हालै भएको हो ।

बाढी बढ्दै गएपछि युवतीहरु निस्कन सकेनन् । उनीहरु ढुङ्गामाथि एक अर्कालाई समातेर बसे । सुरक्षाकर्मीले डोरी र उद्धार सामाग्री ल्याएर कठिनसँग दुवैलाई निकाल्न सफल भएको भिडियो खुब भाइरल हुँदैछ । अहिले वर्षायामको समयमा उनीहरु सेल्फीका लागि खोला तिर किन गएका हुन् भन्ने कुरा झन रोचक लाग्ने खालको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *