झापामा डर- लाग्दो दुर्घ -टना, प्रत्यक्षदर्शीले खु- लाए घ- टनाको वास्ताविकता, भिडियो हेर्नुहोस

समाचार

झापा । झापाको दमकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–८ का २३ वर्षीय नीरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने दमक ४ मा प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–१–०२–०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
कोइरालाको घटनास्थलमै र बस्नेतको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर चालक ४९ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
भिडियो हेर्नुहोस

काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए ।

उनका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ ÷ सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो ।

उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *