सेड्रिना सँग अनुहार मिल्ने अभिनेत्रीको खोजी गरिँदै चलचित्र ‘नाइ नभन्नु ल ६’ को लागि

मनोरञ्जन

काठमाडौँ । निर्माता तथा निर्देशक विकासराज आचार्यले ‘नाई नभन्नु ल’ को छैठौँ सिरिज निर्माणको तयारी गर्दै छन् । तेस्रो पार्टबाहेक बाँकी सबै सिरिजको निर्देशक विकासराज आचार्यले निर्देशन गरेको चलचित्रको छैठौँ शृखला पनि विकाश स्वयमले नै गर्दै छन् ।

फिल्मको हरेक नयाँ सिरिजमा प्रमुख कलाकारहरु भने परिवर्तन हुँदै आइरहेका बेला आगामी जेठबाट छायांकन सुरु हुने फिल्मको विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर स्क्रिप्ट तयार पारेका छन् । फिल्ममा केही कलाकारहरु समेत अनुबन्ध भइसकेको निर्माण यूनिटले जनाएको छ ।

अनुभव रेग्मी, सेड्रिना शर्मा र सलोन बस्नेतको अभिनय रहने फिल्मका लागि अहिले निर्माण टिम लिड अभिनेत्रीको खोजीमा छ । ‘नाई नभन्नु ल ५’ मा बाल कलाकारको रुपमा अभिनय गरेकी सेड्रिना ठूली भएपछिको भूमिकाका लागि उनकै अनुहार मिल्दो अभिनेत्रीको खोजीमा निर्माण यूनिट रहेको छ । यस विषयमा हामीले प्रश्न राख्दा छिट्टै नै यस विषयमा खुशकिो खबर सुन्न पाइने निर्माण यूनिटले जनाएको छ ।

चलचित्रका लागि अनुभव रेग्मी र सेड्रिना शर्मा शीर्ष कलाकारका रुपमा पक्का भइसकेका छन् । उनीहरुले चलचित्रको अघिल्लो सिरिजमा पनि सँगै काम गरेका थिए । केही समयपछि छायाङ्कनमा जाने यो चलचित्रबाट एक टिकटक स्टारले सिने उद्योगमा डेब्यु गर्ने विकास राज आचार्यले बताए ।

२०७८ सालमा रिलिज लक्ष्यसहित छायाङ्कनमा जान लागेको चलचित्र ‘नाई नभन्नु ल–६’ नेपालमा सबैभन्दा धेरै सिरिज निर्माण हुने चलचित्र बनेको छ । ब्रान्ड बेच्न सजिलो भएकाले पनि सिरिज निर्माण भइरहेको निर्देशक आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *