काठमाडौँमा दुई बिद्यार्थीको शव यस्तो अवस्थामा फेला पर्यो

समाचार

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा फेला परेको शव विद्यार्थीको भएको पुष्टि भएको हो ।

शुक्रवार खहरेस्थित जंगलमा दुई जनाको शव फेला परेको थियो । मृतकका आफन्तमार्फत प्रहरीले शवको पहिचान खुलाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार १६ र १८ वर्षका जस्तो देखिने दुई युवकको शव भेटिएको हो ।

एसएसपी सिंहले आफू घटनास्थलमा नै रहेको जानकारी दिए । ‘म घटनास्थलमा नै छु, दुई युवकको शव फेला परेको छ, उनीहरूको पहिचान पनि खुलेको, तर घटनास्थलमा दुई वटा वि ‘षा’दीको बट्टा फेला परेको छ ।’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले भने ।

नुवाकोट घर भएका अर्जुन खड्का र काभ्रे घर भएका मंगल तामाङको शव पहिचान भएकोहो । नुवाकोट छापा घर भएका १६ वर्षीय खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा पढ्थे । काभ्रेको भुम्लु सल्ले गाउँपालिका घर भएका १८ वर्षीय मंगलचाहिँ क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत थिए । प्रहरीले थप अनुसन्धान पनि अघि बढाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *