नेपालमा अर्को ठूलो विपत्तीको ख’त’रा, अर्थतन्त्रले धान्न सक्दैन भन्दै विज्ञले दिए चे’तावनी

समाचार

काठमाडौ । राजनीतिक उतार चढावका बीच नेपालमा फेरी अर्को विपत्तीको खतरा विज्ञहरुले औल्याएका छन् । उनीहरुले सो विपत्ती नेपालको अर्थ तन्त्रले पनि धान्न नसक्ने बताएका छन् ।

मनास्लु हिमश्रृंखलाको दक्षिण पश्चिममा रहेको ठुलागीको हिमनदी तीव्र गतिमा पग्लिँदै गएको भन्दै विज्ञहरुले फुट्ने खतरा औल्याएका छन् । हिमतालको क्षेत्रफल दिनानुदिन बढाइरहेको उनीहरुको भनाई छ।

ठुलागीमा हिउँ र बरफ पग्लेर बगेको पानी डोना खोला हुँदै मनाङको धारापानीस्थित मर्स्याङ्दी नदीमा मिसिन आइपुग्छ। चार हजार मिटरभन्दा उचाइबाट हुत्तिएर आउने ठुलागीको पानी नदीमा बहँदा बाढीको रूप लिन्छ जसले अन्नपूर्ण हिमश्रृंखलाबाट सेतीमा आएको बाढीभन्दा उग्र रूप लिन सक्ने बताइएको छ।

हिमताल फुट्न सक्ने खतराको अवस्था नजिकिनु यसको कमजोर प्राकृतिक बाँध रहेको उनीहरुको भनाई छ । हिमनदी बन्ने क्रममा प्राकृतिक बाँध निकै कमजोर हुन्छ र हिमनदी पग्लिएर बनेको हिमतालको आकार बढ्दा बढ्ने पानीको दबाबले उक्त बाँध भत्किन सक्छ।

नेपालकै ठूला हिमतालमध्ये पर्ने ठुलागीमा पूर्वसूचना प्रणाली नहुँदा मर्स्याङ्दी नदी आसपासका बस्ती र त्यहाँ गरिएका भौतिक विकास सोत्तर हुने खतरा उच्च भएको विज्ञहरू बताउँछन्।

सेतोपाटीमा प्रकाशित समाचार अनुसार इसिमोडले सन् २०११ मा ठुलागी फुट्दा कति क्षति हुन्छ भनेर अध्ययन गरेको थियो। उक्त अध्ययन प्रतिवेदनले ठुलागी फुट्दा ४१ करोड ५३ लाख ५१ हजार अमेरिकी डलर बराबर क्षति हुने आकलन गरेको थियो।

६६ लाख ८५ हजार डलर बराबरका निजी घर, कृषि क्षेत्रमा ५ लाख १९ हजार डलर, सार्वजनिक सम्पत्तिमा ३३ करोड ९४ लाख ६९ हजार डलर बराबर क्षति हुने आकलन छ। बाढीको जोखिममा मर्स्याङ्दी नदी किनारमा अवस्थित मनाङको ताल गाउँ। तस्वीर सौजन्य– दीपक केसीरयुएनडिपी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *