बा’थ’रु’मको ऐनापछाडि तीनवटा बे’डरुमसहितको ठू’लो अ’पार्टमेन्ट भेटिएपछि…

समाचार

आफ्नो बा’थरुमको ऐनापछाडि भित्तामा सानो प्वाल पारेर त्यो प्वालबाट जान मिल्ने गरी बनेको पूरै अपार्टमेन्ट फेला पारेपछि एक महिला चकित परिन् । त्यो अपार्टमेन्ट तीन बेडरुमसहितको थियो र महिलालाई त्यहाँ यति ठूलो अपार्टमेन्ट भएको थाहा थिएन ।

अमेरिकाको न्यूयोर्क शहरमा यस्तो अपार्टमेन्ट भेटिएपछि समांथा नामकी यी महिला चर्चामा छिन् । उनले टिकटकमार्फत आफूले अपार्टमेन्ट फेला पारेको बताएकी छिन् ।

द गार्डियनको रिपोर्टअनुसार खासमा समंथाको बा’थरुमबाट चिसो हावा आइरहेको थियो । उनको बाथरुममा कुनै झ्यान थिएन । सानो भेन्टिलेटर थियो तर त्यहाँबाट पनि हावा आइरहेको थिएन ।

उनले बाथरुममा ध्यानपूर्वक जाँच गरेपछि आफ्नो ऐनापछाडिबाट हावा आइरहेको थाहा पाइन् । भित्तामा राखिएको ऐना हल्लिइरहेको पनि थियो । उनले ऐना हटाएर हेर्दा त्यहाँ भित्तामा १ जना मानिस छि’र्न सक्ने प्वाल थियो । प्वालको अ’र्कोपट्टि एउटा कोठा देखियो ।

अमंथाले मास्क, पञ्जा लगाएर ह’थौडा लिएर अ’र्कोपट्टि गइन् । उता गएपछि समंथाले त्यो एउटा खाली कोठा न’भइ पूरै अपार्टमेन्ट थियो । यो अपार्टमेन्टको धेरै भाग राम्रोसँग बनाइएको थिएन तर गु’जारा गर्न भने सकिने थियो ।

त्यति धेरै खाली स्थान त्यहाँ किन छ भन्ने विषयमा अहिलेसम्म कुनै खुलासा भएको छैन । यो एक रहस्य नै छ तर समंथाले यस विषयमा आफ्ना घरधनीसँग कुरा गर्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *