बसपार्कमा ग्राहक खोजेर दिनमा १० हजार कमाउछु’ ,हो म यौ’नकर्मी हो…

मनोरञ्जन

तनहुँकी दुलेगौडाकी जस्मिन थापा जो काठमाडौंमा बस्छिन् । उनी पुरुषको शरिरको लिएर आएपनि उनी महिला प्रति आकर्षित हुँदिनन् । उनी आफुलाई महिलाकै रुपमा पहिचान दिलाउन चाहन्छिन । त्यसैले नाम पनि महिलाकै राखेकी छन् । उनी पुरुष प्रति आकर्षित हुन्छिन् ।

नाच्ने महिलाको लुगा लगाएर बारमा केही दिन नाचिन तर त्यो बारको मालिकले उनलाई नराम्रो नजरले हेर्न थालेपछि त्यहाँवाट भागिन् । अहिले भने उनी काठमाडौंको बसपार्क क्षेत्रमा बस्छिन्

आफु फरक पहिचानको हुँदा गाउँमा उनलाई स्वीकार गरिएन । फरक पहिचान भएकै कारण गाउँमा अपहेलना सहन पर्यो । दुखी भएर बसेकी जस्मिनलाई एक जना साथीले काठमाडौंमा बारमा काम लगाइदिन्छु, राम्रो तलब पाइन्छ भनेर बोलाए । उनले बारमा नाचेर पैसा कमाउन पाइन्छ भने के नराम्रो भयो र भन्दै तनहुँमा आफ्ना बुवा आमालाई पनि थाहा नदिएर भागेर काठमाडौं आइन् ।

उनी सुरुमा काठमाडौं आउँदा एक हजार रुपैया बोकेर आएकी थिइन् । काठमाडौंमा आएर साथीलाई भेटिन् साथीले बारमा काम लगाइदिए । केही दिन त उनको राम्रै चलेको थियो । नाच्ने महिलाको लुगा लगाएर बारमा केही दिन नाचिन तर त्यो बारको मालिकले उनलाई नराम्रो नजरले हेर्न थालेपछि त्यहाँवाट भागिन् ।

अहिले भने उनी काठमाडौंको बसपार्क क्षेत्रमा बस्छिन् । उनले आफुलाई पुरुषको लुगा लगाएर पुरुष जस्तो हुन नसक्ने भएकाले समाजमा आफुलाई हेप्ने, राम्रो काम पनि गर्न नदिने भएकाले अहिले शरिर बे’चेर गुजारा चलाएको बताइन् ।

सुरुमा उनले राम्रै काम गरेर पैसा कमाउन नखोजेको पनि होइन । आफ्नो बुवासंग पुरुषकै लुगा लगाएर पुरुष बनेर कुल्ली काम पनि गर्न हिडिन् । तर त्यो काम राम्रोसंग गर्न आएन । अरु काम गर्ने शिप थिएन । हिजडा शब्द प्रयोग गरेर हो’च्याउने र अ’पमान गर्न थालेपछि उनले त्यो काम पनि छोडिन् ।

घरको आर्थिक अवस्था पनि कमजोर भएपछि अन्य काम गर्ने बातावरण नभएपछि बा’ध्य भएर बसपार्कमा रात्रिकालिन सेवा दिन थालेको उनले बताइन् । उनको वास्तविक नाम विनोद थापा हो । उनले अरु आर्थिक उपार्जनको बाटो नपाएपछि त्यो पेशामा लागिसकेपछि अब अरु कामका लागि बोलाए पनि जान नसक्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *