प्याराग्लाइडिङ फेवातालमा खस्दा सैनिक जवानको मृ’त्यु

समाचार

पोखरा- प्याराग्लाइडिङ दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए। प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुन उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए।

तत्कार उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। राससपोखरा- प्याराग्लाइडिङ दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए। प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुन उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए।

तत्कार उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *