अर्काको बुढि बिहे गरी ७ दिनपछी फेरि फिर्ता, निर्दोष मान्छेलाई जेलमा हालियो भन्दै ज्वाइँ आए मिडियामा (भिडियो सहित)

समाचार

झापा । सुन्दा अचम्म लाग्दो घटना अहिले झापामा घटेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन ।

अहिले ति पिडित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फरार भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बिहिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बिजोक भएको छ । कसरि यस्तो घटना घट्न पुग्यो त ?

श्रीमान र साना छोराछोरी हुदाहुदै अर्कै केटा संग भाग्ने बोधिका ताजपुरियाले पनि आफूलाई फकाएको आरोप लगाएकी छिन । तर आज भगाउनेका ज्वाइँ मिडियामा आएका छन । उनले दोशीलाई कडा माग गर्दै यस्तोसम्म सुनाए कि सुनेर सबै चकित बनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *