प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले दिए राजिनामा !

राजनीति

कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन् ।विरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएको थियो ।

झण्डै १ घन्टा अक्सिजनको अभाव हुँदा सघन उपचार कक्षमा उपचाररत विरामीको मृत्यु भएको थियो । साथै प्रसुति वार्डमा समेत अस्सिजन अभावले समस्या भए पनि अन्य वार्डमा विरामीको मृत्यु भएको छैन । के कारणले अक्सिजन अभाव भयो भन्ने विषयमा अनुसन्धान जारी छ ।

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले दिए राजिनामा !कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *