प्रधानमन्त्री पत्नी राधिका शाक्य भन्छिन्, ‘काम गरेँ भनेर डम्फु बजाउनेहरु मेरो अगाडी आउन् म जवाफ दिन्छु’ (भिडियो हेर्नुस्)

अन्तरबार्ता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले अहिले सम्म नेपालमा अन्य नेताले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेको दावी गरेकी छन् । नेपाल प्रहरी अस्प्ताल महाराजगंजमा भेटिएकी उनले यस्तो दावी गरेकी हुन् । उनी राजनीतिक गतिविधिमा त्यती धेरै टिप्प्णी गरेको सुनिदैन । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनी बोलेकी छन् ।

मानव सेवा आश्रमकी संरक्षक समेत रहेकी राधिकाले सानै देखि आफुले अरुको दुख देख्न नसक्ने स्वभाव रहेकाले यस्तो काममा लागेको बताएकी छन् । सडकमा दुखी देख्दा घरमा पुगेर निकै दुखी हुने गरेको बताएकी छन् । आफ्नो क्षमता अनुसार त्यतीबेला पनि सहयोग गरेको बताउने उनले अहिले पनि खुलेर समाजसेवा गर्ने गरेको बताएकी छन् । उनी मानव सेवासंग संलग्न भएको करिब २ वर्ष भएको बताएकी छन् ।

यस अघि आफु कालिमाटीको दिलशोभाको आमाघरसंग संलग्न भएर सहयोग गर्ने गरेको बताइन् । त्यसवाहेक अन्य सेवा गर्ने संस्थाहरुमा पनि संलग्न भएको बताइन् । उनले मानवसेवा आश्रमका बारेमा पत्रिकामा थाहा पाएपछि आफै खोज्दै गएको बताएकी छन् । उनले सरकार अस्थिर बनाउने परिपाटी भएका कारण दुखी विपन्नहरुका लागि सरकारले चाहे जस्तो काम गर्न नसकेको बताएकी छन् ।

उनले काम गरौं भन्दा गर्न नपाउँदा दिक्क लाग्ने गरेको भन्दै हरेस खाएर भने नबस्ने बताइन् । प्रधानमन्त्रीको श्रीमती भएपनि आफु सामाजिक काममा निकै ब्यस्त हुने गरेको बताउँदै अझ चाहे जस्तो गर्न नपाएको बताइन् । अरुले भन्दा धेरै काम गरेका छौं तर जति गर्नुपर्ने हो त्यती गर्न पाउने वातावरण छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *