बो क्सी आ रो पमा एउटै परिवारका ५ जनाले ६० वर्षीया वृद्धामाथि जे गरे…

समाचार

विराटनगर : मोरङको रतुवामाई नगरपालिका–२ डोरीयामा बोक्सीको आ’रो प लगाउँदै एक वृद्धा महिलामाथि परिवारका सदस्य मिलेर सामूहिक आ क्र म ण गरेका छन् । प्रहरीका अनुसार एउटै परिवारका पाँचजनाले थाममा बाँ धे र गरेको अ मा नवीय हिसाबको आ क्र म णबाट ६० वर्षीया वृद्धा ग म्भी र घाइते भएकी छन् ।

अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा ग हिरो चो ट लागेको छ । कु टा ईका कारण बोल्न पनि नसक्ने अवस्थामा पुगेकी वृद्धाको सबैभन्दा धेरै चो ट अ नुहारमा ला गेको छ । ग म्भी र अवस्थाकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको छ ।

डोरीयाका ६५ वर्षीय भीमलालसिंह गनगाईं,६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर यस्तो अवस्थामा पु-याको जानकारी उनले दिए । भीमलाल, जितनलाल र लखनलाल एउटै परिवारका दाजु–भाइ हुन् । लक्ष्मीप्रसाद उनीहरुका जेठा दाजु श्यामलालसिंह गनगाईंका छोरा हुन् ।

श्यामलालको भने यसअघि नै निधन भइसकेको छ । हैरानी भीमलालकी छोरी हुन् । वडा अध्यक्ष किरणसिंह गनगाईंले बो क्सी को आ रो पमा कु ट पि ट नभएको दा बी गर्दै पी ड कहरुकै पक्षमा बोलेर घटनालाई ढाकछोपको प्रयास गरेका छन् । उनका अनुसार दुई परिवारबीच विगतदेखि नै जग्गाको सिमानाका विषयमा विवाद थियो । ‘जग्गाकै विषयमा दिउँसो पनि विवाद भएको पाइयो । त्यही निहुँमा राति घरबाट ल्याएर वृद्धामाथि यसो गरिए छ,’ उनले भने, ‘जग्गाको विषयमा झ ग डा भएको हो ।

’घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनीह रुवि रु द्ध बो क्सी आ रो पको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *