जापान लान्छु भन्दै लाखौ असुल्ने कमला प क्राउ|खुलेआम दादा गिरी पत्रकार माथी पटकपटक हात पात

समाचार

जापान लैजान्छु भन्दै लाखौ पैसा असुल्ने कमला भण्डारी पक्राउ परेकी छिन। जापान मा काम सजिलो हुन्छ , यस्तो काम हो उस्तो काम हो भन्दै धेरै लोभलालच देखाई धेरै पैसा असुलेकी थिइन्।

कमलाले जापान लैजान्छु भन्दै धेरै समय सम्म टारेर जापान नलगे पछि पिडितले मिडिया सामु आफु कसैबाट फ़सिएको गुनासो गरेका थिए। पिडित सामु सबै प्रमाणहरु भएको हुनाले यस्तो ठग गर्दै हिड्ने व्यक्तिलाई समयमै चिनाउनु पर्छ भन्ने उदेस्यले उनीहरु कमलाको घर सम्म पुगेका हुन्।

पिडितहरु आफ्ना सबै प्रमाणहरु लगि कमलाको घर पुग्दा उल्टै का हो यस्तो मैले दिएको कागजहरु यो होइन भन्दै उल्टै धम्काएकि थिइन्। एक जनालाई मात्र नठगेर कमलाले धेरै लाई ठगेकी थिइन्। सबैलाई ठगेको प्रमाणहरु देखाउदा कमलाले पत्रकार माथि नै हातपात गरेकी थिइन। सबैको प्रमाण को आधारमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कमला भण्डारीले अरु धेरै व्यक्तिहरुलाई पनि जापान लैजान्छु भनि ठगि गरेको हुनाले अरु पिडितहरुले पनि मिडिया सामु फोन मार्फत आफ्ना गुनासो पोखेका छन। तपाइको बुढा ,छोरा ,भाई सबै लाई लैजान्छु भन्दै उनलाई फ़साएकि थिइन। २ महिना पछि लैजान्छु भन्दै सम्पर्क बिहिन भएकी कमलालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको हुनाले पिडितहरु अहिले खुसि भएका छन। यी पिडित हरु संग पनि सबै प्रमाणहरु भएको हुनाले मिडियामा फोन गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *